‘नेपाल र चीनबीच सीमाको समस्या छैन्, निर्मित भवन चिनियाँ भूभागमै बनेको हो’

काठमाडौं, ७ असोज । सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ ।

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित नियमित पत्रकार भेटघाटमा हुम्लाको लिमी उपत्यकामा भूमि अतिक्रमण नगरेको प्रष्ट पारेका हुन् ।

ज्ञवालीले २०७३ सालमा बनेको अन्तर मन्त्रालय छानबिन समिति गठन गरेर स्थलगत अध्ययन गरेको बताए । उक्त टोलीले चीनले आफ्नै भूभागमा भवन निर्माण गरेको प्रतिवेदन बुझाएको बताए ।

‘बनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको रहेछ’, उनले भने, ‘त्यसकारण नेपाल र चीनबीच सीमाको समस्या छैन् ।’

उनले अहिले हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली स्थलगत भ्रमणमा रहेको र सो टोलीले कुनै नयाँ कुरा ल्याए त्यस विषयमा जानकारी गराउने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here