पाल्पामा पहिरो: दुई ठाउँमा घर पुरिदा ६ जना बेपत्ता

पाल्पा ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् ।

रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।

होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । यस्तै रम्भा गाउँपालिका दुईकै सुरुङ डाँडामा पहिरोले घर पुरिँदा अर्की एक महिला बेपत्ता भएकी छिन् ।