काठमाडौं, १० असोज । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुष रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४६७ पुगेको छ।