काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ११ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई कोरोना संक्रमण देखिएको छ।

जसअनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २१ हजार ५०७ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here