‘कोरोना परीक्षणको रिपोट प्रयोगशालाले नै सम्बन्धित व्यक्तिलाई दिनु’

काठमाडौं, ११ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब दिनेको पोजेटिभ वा नेगेटिभ जे रिपोर्ट आएपनि सम्बन्धितलाई सिधै जानकारी गराउन सरकारी तथा निजी ल्याबहरुलाई निर्देशन दिएको छ ।

यसअघि व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आए प्रयोगशालाले सम्बिन्धित व्यक्तिलाई जानकारी गराउने गर पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराउने गरिर्दै आएको थियो।

संक्रमण पुष्टि भएका व्यक्ति अब होम आइसोलेसनमा बस्ने भएकोले प्रयोगशाला आफैले सम्बन्धित व्यक्तिलाई जानकारी गराउने व्यवस्था मिलाएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here