व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण पुष्टि

फाइलफोटो

काठमाडौं, १२ असोज । व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको उनले जनाएका छन्।

ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here