निसानको धमाकेदार चाडपर्व अफर, शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दशैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ।

अफरअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन्।

साथै नौ महिना सम्मको ईएमआई पनि कम्पनीले नै तिरिदिनेछ। उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।

यसका साथै ग्राहकले ३५ हजार ९ सय ९९ रुपैयाँ बराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन्।

यो योजनाअन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजारसम्मको फ्र्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० वर्षसम्मको फाइनान्सिङ्ग, बोस्च हाइ प्रेसर वासर, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आ.व. को सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन् ।

सम्बन्धितः

कार किन्ने विचारमा हुनुहुन्छ ? यी हुन् ३० लाख भन्दा कम मूल्यका कार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here