थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना संक्रमणमुक्त

काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८० जनाको पीसीआर परीक्षणमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ

पछिल्लो २४ घन्टामा थप ७४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५४ हजार ६ सय ४० जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here