भक्तपुरका सामग्री अन्तरराष्ट्रिय बजारमा पु-याउन चेम्बर कार्यवाहक अध्यक्षको जोड

काठमाडौं, २८ बैशाख । नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक अध्यक्षा राजेन्द्र मल्लले भक्तपुरका कृषि, हस्तकला, औद्योगिक उत्पादन लगायतका वस्तुहरुलाई अन्तरराष्ट्रिय बजारमा पु-याउनुपर्नेमा जोड दिएका छन् ।

भक्तपुर चेम्बर अफ कमर्शको प्रथम साधारण सभा र नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना कार्यक्रमको उद्घाटन गर्दै उनले भक्तपुरलाई पर्यटन, साँस्कृतिकसँगै औद्योगिक एंव व्यापारिक दृष्टिले अघि बढाउन अन्तराष्ट्रिय बजारमा नेपाली सामग्री पु-याउनुको विकल्प नभएको बताए ।

हालै सम्पन्न लगानी सम्मेलनमा सरकारले व्यक्त गरेका प्रतिवद्धता चाँडै पूरा गरेमा स्वदेशी तथा विदेशी लगानीकर्ता प्रोत्साहित हुने मल्लको भनाइ थियो ।

शान्ति सुरक्षा, राजनैतिक स्थायित्व, ऐन कानूनमा समयानुकूल परिवर्तन, भ्रष्टाचारमुक्त प्रशासन र श्रमिकहरुको आपूर्ति तथा स्थायित्व निजीक्षेत्रको चाहना भएको र त्यसमध्ये कतिपय विषय पूरा भएकाले मुलुकमा लगानीको वातावरण राम्रो हुँदै गएको उनले बताए ।

आर्थिक विकासका लागि औद्योगिक क्षेत्रको प्रबद्र्धन गर्न चेम्बर तयार रहेको जनाउँदै महिला उद्यमीलाई बढावा दिनुपर्ने उनको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here