कोरोनाबाट नेपालमा पहिलोपटक डाक्टरको मृत्यु

फाइल फोटो

काठमाडौं, १५ असोज । नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट डाक्टरको मृत्यु भएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरी सापकोटाको नेपालगञ्जको भेरी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

सापकोटालाई दुई साताअघि कोरोना संक्रमण भएको र तीन दिन सुर्खेतमै उपचार गरिएको थियो ।

तर स्वास्थ्यमा सुधार नभई झनै समस्या देखिएपछि भेरी अस्पतालमा रिफर गरिएको थियो ।

आज उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । ५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here