काठमाडौं, १५ असोज । बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने योजना सुचारू भएको छ ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना कोरोनाभाइरसका कारण दोस्रो पटक गरिएको निशेधाज्ञाका कारण स्थगित भएको थियो ।
अहिले निशेधाज्ञा हटेसँगै यो योजना पुःन सुरु भएको हो । यो योजना असोज महिनाभर जारी रहनेछ ।
यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु छ । योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा इसेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ ।
यस्तो छुट अधिकतम रू ३ सयसम्म पाइनेछ ।
कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इसेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेको इसेवाले बताएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
सन् २००९ जुलाईमा काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरबाट बिगमार्टको शुरू भएको थियो । हाल बिगबमार्टका मुलुकभर ५० वटा स्टोर्स रहेका छन् ।
बिग मार्टले हरेक महिना थुप्रै घरायसी सरसामानमा नयाँ–नयाँ अफर ल्याउँदै आएको छ । बिगमार्टले एउटै छानामुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ ।
सम्बन्धितः
इसेवाले पायो आइएसओ २७००१ः २०१३ प्रमाणपत्र
मनकामना केबलकारको टिकट अब इसेवाबाटै खरिद गर्न सकिने
कृषि विकास बैक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
‘मेरो सेयर’को एकाउन्ट नविकरण अब इसेवाबाट, क्यापिटलमा जानुपर्ने बाध्यताबाट मुक्ति