अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

काठमाडौं, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्रम्पले ट्विट गर्दै आफूहरूलाई कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस देखिएको थियो ।

चुनावी प्रचार प्रसारमा व्यस्त रहेका ट्रम्प संक्रमण देखिएसँगै अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

अमेरिका कोरोना प्रभावित मूलुककको पहिलो स्थानमा रहेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ७४ लाख भन्दा बढी पुगिसकेको छ । साथै २ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here