सिभिल बैंकको सेयर १०० रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन

काठमाडौं, १६ असोज । सिभिल बैंकले शुक्रबारबाट ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । यो लिलामीमा विद्यमान संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरीद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन गर्न सक्नेछन् ।

यसमा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here