यसरी दिनुहोस् एनआईसी एशिया बैकमा अनलाइनमार्फत कर्जाको आवेदन

काठमाडौं, १६ असोज । एनआईसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ ।

आफ्ना सेवा तथा सुविधा समय अनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै बैंकले ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको हो ।

कोभिड १९ को महामारीकाबीच सामाजिक दूरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने व्यवस्थ मिलाएको बैंकले जनाएको छ ।

‘डिजिटल फर्स्ट बैंक’ बन्‍ने दीर्घकालीन रणनीतिअनुरुप आफ्नो सम्पूर्ण व्यावसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागि परेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने रणनीति अनुरुप https://loanapplication.nicasiabank.com मार्फत अनलाइनबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो ।

यस प्रणालीले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झट समेत नहुने बैंकले विश्वास लिएको छ ।

ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको छ ।

कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था छ ।

यसपछि कर्जा लिनका लागि छनौट गरेको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधिले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ ।

साथै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्थाको बारेमा समेत बैंकले एसएमएस मार्फत जानकारी गराउँदै आएको छ भने बैंकको वेबसाइट Loan Status समेत आफै Track गर्न सकिन्छ ।

बैंकको कुनैपनि कर्जा सम्बन्धी जानकारी लिनको लागि LOAN टाइप गरी ३४४८८ मा एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

साथै ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै वहाँहरूको कर्जासम्बन्धी गुनासो एवं जिज्ञासा बुझ्ने उद्देश्यअनुरुप बैंकले स्थापना गरेको ‘कर्जा सहायता केन्द्र’ मा ग्राहक महानुभावहरूले पहिलो पटक सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here