निर्जीवन बीमा कम्पनीमा कोरोनाको असर, कुनले कति आर्जन गरे बीमा शुल्क ?

काठमाडौं, १७ असोज । निर्जीवन बीमा कम्पनीहरुमा कोरोनाको असर देखिएको छ ।

कोरोना नियन्त्रणको लागि गरिएको लकडाउन र निषेधाज्ञाको कारण साउन र भदौं दुई महिनाको अवधिमा ४ अर्ब ७८ करोड बीमा बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार साउन महिनामा २ अर्ब ७० करोड, भदौंमा २ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

साउनको तुलनामा गत भदौ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क ६२ करोड रुपैयाँले घटेको छ ।

यस अवधिमा २० निर्जीवन बीमा कम्पनीमध्ये धेरै शिखर इन्स्योरेन्सले सबैभन्दा बीमाशुल्क आर्जन गरेको छ । शिखरले साउन र भदौं दुवै महिनामा २९-२९ करोड बीमाशुल्क आर्जन गरेको हो ।

सगरमाथाले साउनमा ३० भदौंमा १८ करोड , हिमालयन जनरलले साउनमा ६ र भदौंमा बीमा शुल्क आर्जन गरेको छ । नेकोले साउनमा २२ र भदौंमा १७ र सिद्धार्थ इन्स्योरेन्सको बीमाशुल्क साउनमा २३ भदौंका करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स छ। सानिमाले साउनमा ४ करोड र भदौंमा ३ करोड रुपैयाँ बीमाशुल्क कमाएको छ।

डाटा स्रोत: बीमा कम्पनी

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here