थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज

काठमाडौं, १७ असोज । पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभार गरिएको १२ हजार ९७८ जनाको पीसीआर परीक्षणमा २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।

२४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। डिस्चार्ज हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here