काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ ।
शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कोरोना पुष्टि भएको हो ।
त्यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना देखिएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएका छन् ।
रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो जानकारी गराएका छन् । थापाले पनि फेसबुकमा भनेका छन्–हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो ।
हिजोको PCR परीक्षणबाट
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु। pic.twitter.com/HmsQqPom1j— Bishnu Rimal (@BishnuRimal) October 3, 2020