प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ, सबै भेटघाट बन्द

काठमाडौं, १८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै भेटघाटका कार्यक्रम बन्द गरेका छन् ।

प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवसहित कूल ७४ जनामा कोरोना भाइरसको संकमण देखिएपछि प्रधानमन्त्री ओलीले भेटघाटका सबै कार्यक्रम बन्द गरेका हुन् ।

बालुवाटारमा सक्रिय प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवसहित ४ जना, नेपाली सेनाका २८ जना, सशस्त्र प्रहरीका १८ जना, जनपद प्रहरीका २१ जना र राष्ट्रिय अनुसन्धानका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

तर प्रधानमन्त्री ओलीलाई भने कोरोना संक्रमण नभएको जनाइएको छ । प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको छ । अझै ४५ जनाको कोरोना परीक्षणको नतिजा आउन बाँकी भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here