सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ असोज । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलाको २ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here