कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, पदाधिकारी बैठक जुममार्फत

काठमाडौं,१८ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द गरेको छ ।

केही नेताहरुमा कोरोना संक्रमण देखिएपछि कार्यालय २२ गतेसम्मको लागि बन्द गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकाल्दै जानकारी दिएका छन् ।

केही नेताहरुको गत १५ असोजमा लिइएको स्वाबको रिपार्ट पोजेटिभ देखिएको छ । गगन थापा, अर्जुनरसिंह केसीसहितका अन्य केन्द्रीय नेताहरुमा संक्रमण देखिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू यतिवेला १४औं महाधिवेशन लक्षित भेटघाट र कार्यक्रममा व्यस्त छन् । सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा आफू सभापतिमा लड्ने बताउँदै सोहीअनुसारको तयारी थालेका छन् ।

उता, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूपनि महाधिवेशन लक्षित भेटघाटमा व्यस्त छन् । कांग्रेसको १४औं अधिवेशन फागुनमा हुने भनिएको छ । तर, कोरोनाका कारण महाधिवेशनको निर्धारित मिति पर धकेल्ने सभापति देउवाको तयारी छ ।

यसमा वरिष्ठ नेता पौडेल समूहको कडा आपत्ति छ । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले महाधिवेशनको मिति सार्न नहुनेमा जोड दिँदै आएका छन् । छिमेकी देश भारतमा चुनावको तयारी भैरहँदा नेपाली कांग्रेसले भने कोरोनालाई बहाना देखाउनु गलत हुने उनको तर्क छ ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका आकांक्षीहरु धेरै छन् । सभापति देउवा समूहमा देउवाका अलावा वर्तमान उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्नेगरि तयारी थालेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवालाई दिएको अल्टिमेटमबारे छलफल शुरु भएको छ । जुमबाट पदाधिकारी बैठक बस्नेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here