५ दिने बालिकासहित थप ७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १८ असोज । कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र तीन पुरुष गरी थप सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवनमा ५५ वर्षीया महिला, काठमाडौंमा ५५, ललितपुरमा ७७ वर्षीय पुरुष, मकवानपुरमा ५ दिने बालिका, बाँकेमा २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरमा २९ वर्षीय महिला रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here