एआई-पार्वड क्यामेरा सहित आयो नोकिया २.४, दुई दिनसम्मको ब्याट्री लाइफ

काठमाडौं, १८ असोज । एचएमडी ग्लोबलले आइतबार नोकिया २.४ सार्वजनिक गरेको छ ।

नाइट मोड र पोट्रेट मोडसहित एडभान्स इमेज सुविधा र ठूलो ६.५ इन्च एचडी प्लस स्क्रीनका साथ आएको यो फोनमा दुई दिनसम्म टिक्ने ब्याट्री रहेको छ ।

यसमा नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगका साथ अँध्यारोमा पनि पनि जीवन्त तस्वीर खिच्न सकिने फोनको डिष्ट्रिब्युटर टेलि टकले बताएको छ ।

पोट्रेट मोडको कस्टम आकार र ब्लर ब्याकग्राउन्डले प्रयोगकर्तालाई थप सिर्जनशील बन्न सघाउने पनि कम्पनीले बताएको छ ।

सेल्फी नचका साथ ठूलो एचडी प्लस डिस्प्लेले स्क्रीन रहेको यस फोनले भिडियोमा डुब्न चाहनेहरुका लागि सुलभ मूल्यमा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दछ ।

नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री छ जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्छ र एआई—एसिस्टेड एडाप्टिभ ब्याट्रीले कुन एप बढी प्रयोग हुन्छ भन्ने थाहा पाउँछ र त्यसका लागि पावरलाई प्राथमिकता दिन्छ । यो फोन थ्रीडी न्यानो—टेक्स्चर्ड कभरमा आएको छ जुन हातमा सुरक्षित रूपले बस्छ ।

नोकिया २.४ ग्रे रंगमा २जीबी र्याम र ३२ जीबी रोमका साथ उपलब्ध छ । यो फोन अब नेपाली बजारमा रु. १४ हजार ५ सय ९९ मा दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here