कमजोर बन्दै मनसुन, आगामी साताबाट नेपालको पूरै भूभागबाट बाहिरिने

काठमाडौं, १९ असोज । मनसुन अर्थात् धेरै वर्षा गराउने मौसमी प्रणाली कमजोर बन्दै गएको छ । कमजोर बनेसँगै नेपालको पूरै भूभागबाट बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

पानी पर्ने क्रम घट्दै गएको र पश्चिमी वायु पूर्वतिर सर्दै गएकाले मनसुन कमजोर बन्दै गएको हो । जलवाष्पयुक्त हावाको सामान्य प्रभाव कायम नै रहेकाले १/२ दिन अझै मनसुन बाहिरिने सम्भावना नभएको महाशाखाको भनाइ छ ।

बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून न्यन चापीय क्षेत्रको प्रभावले ५ नम्बर प्रदेशदेखि पूर्वका क्षेत्रमा मनसुनी गतिवधि (मौसम बदली, हल्का वर्षा) जारी नै रहेको हो।

माैसम पूर्वानुमान महाशाखाले साेमबार बिहान ६ बजे जारी गरेकाे आगामी तीन दिनको मौसम अनुमान :

असोज १९ गते सोमबार

दिउँसो : प्रदेश १, प्रदेश २, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा र बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २० गते मंगलबार

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २१ गते बुधबार

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here