जनरल इन्स्योरेन्सको आइपीओ मंगलबार बिहान बाँडफाँड

काठमाडौं, १९ असोज । जनरल इन्स्योरेन्सको आइपीओ असोज २० गते मंगलबार बाँडफाँड हुने भएको छ।

कम्पनी सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्सको आइपीओ मंगलबार बिहान १०ः३० बजे बाँडफाँड हुने जनाएको हो।

क्यापिटलका अनुसार आईपीओ बाँडफाँडको लागि आइतबार ’प्रि अलोटमेन्ट’ सम्पन्न भएको छ । आइतबार ‘प्रि अलोटमेन्ट’ गरेर स्वीकृतिका लागि नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) मा पठाइएको क्यापिटलले जानकारी दिएको छ ।

सोमबार बोर्डको स्वीकृति पश्चात आईपीओ बाँडफाँड गर्न लागेको हो । कम्पनीले असोज ११ गतेदेखि असोज १४ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर ( आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

सम्बन्धितः

जनरल इन्स्योरेन्सको आइपीओमा ७.०१ गुणा बढी आवेदन

जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ खुल्यो

जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ असोज ११ गतेदेखि

आईएमई पे र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता

जनरल इन्स्योरेन्सको निर्जीबन बीमा अभिकर्ता तालिम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here