थप २४४० जनामा कोरोना संक्रमण पुष्टि, ११३३ जना संक्रमणमुक्त

काठमाडौं, १९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ७८१ जनाको पीसीआर परीक्षणमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ११३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर २३ हजार ५०७ जना सक्रिय संक्रमित छन्।