काठमाडौं, १९ असोज । काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै हालसम्म उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ। अब काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९१ संक्रमित पुगेका छन्।