सामलिङ पावरको १२ लाख ३० हजार कित्ता आइपीओ आउँदै

काठमाडौं, १९ असोज । सामलिङ पावर कम्पनीले सर्वसाधरणमा प्राथमिक सेयर ९आइपीओ० जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ को दरमा १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्न एसबीआई मर्चेण्ट बैंकिङलाई विक्री प्रबन्धक तथा सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

सेयर निष्काशन सम्बन्धी सम्झौतामा सोमबार सामलिङ पावरकोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेल र नेपाल एसबीआइ मर्चेण्टका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारतीले हस्ताक्षर गरे।

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।