जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख २१ हजार आवेदकको हात खाली

काठमाडौं, २० असोज । जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । जसमा ५ लाख २१ हजार ५४६ जना आवेदकको हात खाली भएको छ।

आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ताका लागि आवेदन परेको थियो ।

परेका आवेदनमध्ये २१८८ जनाबाट ४८ हजार ६४० कित्ताका लागि आएको आवेदन रितपूर्वक नभएका कारण रद्ध गरिएको क्यापिटलले जनाएको छ ।

सेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता सेयर हात परेका छन्।

यो कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म आइपीओमा आवेदन खुल्ला गरेको थियो । यो कम्पनीको आइपीओले यसअघिका आइपीओका सबै रेकर्ड तोडेर सर्वाधिक आवेदन पर्ने नयाँ रेकर्ड बनाएको थियो ।

जसमा १ लाख २० हजार कित्ता (४ प्रतिशत) संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुटयाइएको थियो । बाँकी २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

हाल ७० करोड कम्पनीको चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षमा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ७.२३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here