सुनचाँदीको भाउ बढ्यो, पछिल्लो एक साता यताकै उच्च विन्दुमा

काठमाडौं, २० असोज । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुन प्रतितोला ८ सय र चाँदी २० रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको लागि छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदी तोलामा २० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार तोकिएको सुन र चाँदीको मूल्य पछिल्लो एक साता यताकै उच्च विन्दु हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here