थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, २३४० जना संक्रमणमुक्त

काठमाडौं, २० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४७ जनाको पीसीआर परीक्षणमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगैकूल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप २३४० जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ। देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित छन्।