दशैँको अग्रिम टिकट बुकिङ कहिलेदेखि, यातायात व्यवसायी नै अन्योलमा

फाइलफोटो

काठमाडौं, २१ असोज । दशैँमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ ।

हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेका र यात्रुको त्यति चाप कमै भएकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सङ्क्रमणको स्थितिलाई हेरेर आफू जहाँ छौँ त्यहीँ दशैँ मनाउन अर्थात् यात्रा नगर्न आग्रह गरेकाले पनि मानिसहरुको आवागमन कम हुने आँकलन व्यावसायीको छ ।

आवश्कता हेरेर लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने निश्कर्षमा पुगेको स्रोतको दाबी छ ।

तर पनि २५ गतेपछि यात्रुको सङ्ख्या बढ्ने सम्भावना देखिएमा टिकङ बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरी टुङ्गोमा पुगिने महासंघको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here