सानिमा जनरल इन्स्योरेन्सको आइपीओ खुल्यो, १० कित्ता पाउन भाग्यमै भर

काठमाडौं, २१ असोज । सानिमा जनरल इन्स्योरेन्सले बुधबारदेखि सर्वसाधारणको लागि साधारण सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

कुल ३० लाख कित्तामध्ये ४५ अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ ।

त्यस्तै १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलले बताएको छ ।

लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । पछिल्लो समय खुलेका आइपीओमा करिब ८ लाख भन्दा बढीले आवेदन दिँदै आएका छन् ।

त्यसका आधारमा यस आइपीओमा १० कित्ता पाउनका लागि पनि भाग्यमै भर पर्नुपर्ने देखिन्छ । तसर्थ अधिकतम १० कित्ताका लागि १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here