स्पर्स लघुवित्तको सेयर कारोबार रोक्का, ग्लोबल आइएमईसँग गाभिने

काठमाडौं, २१ असोज । स्पर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थासँग गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेसँगै नेप्सेले स्पर्शको सेयर कारोबार रोक्का गरेको हो ।

यी दुई लघुवित्तले असोज २० गते दुई लघुवित्त बीच एक्वीजिसन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

एक्वीजिसन सम्बन्धि प्रकृया सकिएपछि ग्लोबल आइएमई लघुवित्तकै रुपमा स्पर्श लघुवित्तको सेयर कारोबार खुल्नेछ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here