यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं, २१ असोज । सरकारले गत असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरेका हुन्।

शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि लोकसेवा आयोगको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय भएको बताए ।

उनले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रियालाई निरन्तरता दिने निर्णय भएको बताए ।

त्यस्तै चाडपर्व मनाउन काठमाडौंबाट गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना बढी रहेको उनले बताए ।

कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै प्रवक्ता ज्ञवालीले यसपालि टाढैबाट आशीष लिने काम गर्दा उपयुक्त हुने बताए ।

मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकमा अवैतनिक वाणिज्य दूतहरुको नियुक्ति तथा पदोन्नति गर्ने निर्णया गरेको पनि ज्ञवालीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here