नेप्से परिसूचक ७ महिना यताकै उच्च बिन्दुमा

काठमाडौं, २१ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १४.६८ अंकले बढेर १६००.९७ विन्दुमा कायम भएको छ ।

यसदिन १९५ कम्पनीको ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी २ समूहको परिसूचक ओरालो लागेका छन् ।

आज पनि लगानीकर्ताको हाइड्रोपावर र विकास बैंकको सेयरमा झुम्मिएका छन् । २ दर्जनबढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज कर्णाली डेभलपमेन्ट बैंक, नेशनल, ङादी पावर, वरुण, साञ्जेन हाइड्रोपावर लगायत २५ कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

बुधबारको नेप्से परिसूचकले १६ सय अंक नाघेको छ । जुन गत ७ महिना यताकै उच्च बिन्दुमा हो । परिसूचक १४.६८ अंकले बढेर १६००.९७ अंकमा पुगेको हो ।

गत फागुन १८ गते नेप्से परिसूचक १६२० अंकमा पुगेको थियो । त्यसयता कारोबारमा परिसूचकले १६०० अंक पार गरेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here