काठमाडौं उपत्यकामा थप १६८४ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जनालाई संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा ५१८ महिला र ७७८ पुरुष, ललितपुरमा १३० महिला र १६३ पुरुष र भक्तपुरमा ४३ महिला र ५२ पुरुष रहेका छन् । यो सँगै उपत्यकामा संक्रमित हुनेको संख्या ३३ हजार ७४९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here