थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

काठमाडौं, २१ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ महिला र १० पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुष रहेका छन् ।

मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ६१, रुपन्देहीमा ५५, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । यो कुल संक्रमित संख्याको शून्य दशमलव ६१ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here