जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ को मृत्यु

जाजरकोट, २१ असोज । जाजरकोटमा जीप दूर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको हो । दुई जना वेपत्ता छन् । जिप जुनिचाँदे गाउँपालिका १ औलखोलामा दुर्घटनामा परेको स्थानीय प्रहरीले जानकारी गराएको छ ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका ११ का अध्यक्ष अमरबहादुर शाही छन् । यसैगरी सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here