डीभी आवेदन खुल्यो, के-के चाहिन्छ ? यसरी भर्नुहोस् निःशुल्क

काठमाडौं, २१ असोज । सन् २०२२ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ ।

नेपाली समय अनुसार बुधबार राति पौने १० बजेदेखि आवेदन खुल्ला भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

यसको समयसीमा २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म तोकिएको छ । डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन।

आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

के-के चाहिन्छ ?

– आवेदन निशुल्क : डीभी कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन।

– कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ बिचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार हुनुहुनेछ।

– फारम अनलाइन भर्नुपर्ने: सन् २०२२ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डिभी) आवेदन फारम भर्नु पर्नेछ।

– पूरा नाम – थर, नाम, बीचको नाम । आफ्नो नाम राहदानीमा लेखिए अनुरूप दुरुस्त लेख्नुहोस् ।

-लिङ्ग – पुरुष वा महिला ।

– जन्म मिति – दिन, महिना, वर्ष ।

-जन्मिएको शहर ।

– चिठी पठाउने ठेगाना

– नाम ठेगाना शहर,गाउँ जिल्ला, देश, प्रान्त, राज्य हुलाकी कोड, जिप कोड देश

– हाल बसोबास गरिरहनुभएको देश ।

– फोन नम्बर (ऐच्छिक) ।

– ईमेल ठेगाना – आफ्नो प्रत्यक्ष पहुँच भएको ईमेल ठेगाना उपलब्ध गराउनुहोला ।

– बहालवाला, म्याद समाप्त नभएको राहदानीको विवरण आवश्यक : यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नै पर्नेछ।

– आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here