सामलिङ्गको सेयर रजिष्ट्रार तथा विक्री प्रवन्धकमा एसबीआई मर्चेण्ट बैकिङ

काठमाडौं २१, असोज । सामलिङ्ग पावर कम्पनीको प्राथमिक निष्कासन (आईपीओ)को सेयर रजिष्ट्रार तथा विक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैकिङ नियुक्त भएको छ । यसकालागि गत साता एसबीआई मर्चेण्ट बैकिङ र सामलिङ्ग पावर कम्पनी बीच सहमति पत्रमा हस्ताक्षर भइसकेको छ ।

सामलिङ्ग पावर कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय दरकोे १२ लाख ३० हजार कित्ता (१२ करोड ३० लाख रुपैयाँ) बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सामलिङग पावर कम्पनीकोे रजिष्टर्ड कार्यालय, सानेपा–२, ललितपुरमा आयोजित एक समारोहबिच नेपाल एसबीआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावर कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामल्गि पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
एसबीआई मर्चेण्ट बैकिङ नेपाल एसबिआई बैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here