ब्राजिलमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमित धेरै भएको देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५० लाख नाघेको छ ।

गएको २४ घण्टामा मात्रै साढे ३१ हजार जना नयाँ संक्रमित थपिएर कुल संक्रमितको संख्या ५० लाख ६९४ पुगेको छ ।

बीबीसीका अनुसार संक्रमित धेरै भएका देशको सूचीमा ब्राजिल तेस्रो स्थानमा भए पनि ज्यान गुमाउनेको सूचीमा भने दोस्रो स्थानमा छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या करिब डेढ लाख पुगेको छ । अहिलेसम्म ब्राजिलमा १ लाख ४८ हजारभन्दा धेरैको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

सङ्क्रमितको हिसाबले ब्राजिलभन्दा अघि संयुक्त राज्य अमेरिका पहिलो र भारत दोस्रो स्थानमा छन् । अमेरिकामा अहिलेसम्म ७७ लाख ७२ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १६ हजारको ज्यान गएको छ ।

४९ लाख ७४ हजार निको भएका छन् । यस्तै ६८ लाख ३२ हजारमा कोरोना पुष्टि भएको भारतमा १ लाख ५ हजारको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here