सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं, २२ असोज । नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा बिहिबार सुन प्रतितोला २ सय रुपियाँ घटेको हो ।

चाँदी भने प्रतितोला ५ रुपियाँ बढेको छ । बुधबार पनि सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रुपियाँ निर्धारण गरिएको छ ।

बुधबार छापावाल सुन ९४ हजार १ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपियाँमा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here