सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता शुरु,यस्ता छन् ६ बुँदे माग

काठमाडौं, २२ असोज । सरकारी वार्ता टोली र डा. गोविन्द केसीका तर्फबाट बनेको टोलीबीच वार्ता शुरु भएको छ ।

सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेलगत्तै विहिबार शिक्षा मन्त्रालयमा वार्ता शुरु भएको हो । डा. केसीको अनसनप्रति वेवास्ता गर्दै आएको सरकारले सर्वत्र दवाव भएपछि बुधबार २४औं दिनमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

डाक्टर केसी ६ बुँदे माग राखेर १९ औं अनसनमा बसेको २५ दिन पुगिसकेको छ । उनको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सार्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर डाक्टर केसीले आईसीयूमा जान अस्वीकार गरेका छन् ।

मैनालीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

सरकारले वार्ता टोली बनाएको केही समयपछि डा. केसीका तर्फबाट वार्ता गर्ने समिति बनेको थियो । डा.केसीका तर्फबाट डा.जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ ।

वार्ता टोलीका सदस्यहरूमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा।लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल छन् ।

केसीले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here