कोरोना महामारीकै बीच दुई महिनामा ५ हजार युवा विदेशिए

काठमाडौं, २२ असोज । विश्व नै कोरोना महामारीको चपेटामा गुज्रिरहेको छ ।

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ। कोरोना महामारीकै समयमा रोजगारीको लागि विदेशीने नेपालीको सख्या पनि बढ्दै गएको छ ।

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् । तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ ।

बैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार भदौ महिनामा मात्र १५२५ जना नेपाली कामदार बैदेशिक रोजगारमा गएका छन् ।

त्यसमा १३२७ जना नेपाल आएर पनः बैदेशिक रोजगारीमा गएका हुन् । त्यस बाहेकमा पनि नयाँ श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएका हुन् ।

यस्तै, साउन महिनामा ३१५२ जना कामदार विदेश गएका छन् । त्यसमा ३ हजार १२ जना कामदार विदामा आएर फर्किएका छन् ।

त्यसबाहेका भने नयाँ श्रमस्वीकृति लिएर विदेश गएका छन् । विशेषगरि यो समयमा दुवई, कतार, बहराइन, कुवेत लगायतका देशमा बढी नेपाली गएका छन् ।

कोरोनाको महामारीलाई लक्षित गर्दै सरकारले गत फागुनको अन्त्य तिरबाट श्रम स्वीकृति दिन स्थगन गरेको थियो । तर, असारदेखि भने त्यो खुल्ला गरिएको छ । श्रम स्वीकृति खुल्ला गरेपछि विदेशीने कामदारको सख्या बढ्दै गएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here