एन्फाको कार्यालय तीन दिनको लागि बन्द

काठमाडौं, २२ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यालय तीन दिनका लागि बन्द रहने भएको छ ।

केही कर्मचारीमा कोरोना पुष्टि भएपछि बिहिबारदेखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन दिनका लागि बन्द गरिएको एन्फाले जनाएको छ ।

त्यस्तै एन्फाले संक्रमित व्यक्तिहरूको सम्पर्कमा आएका कर्मचारीहरूलाई सात दिनसम्म घरमै सेल्फ क्‍वारेन्टिनमा बस्‍न भनेको छ । यससँगै एन्फा मुख्यालय अर्को ७२ घण्टाको लागि डिसइन्फेक्टेड गरिने सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here