दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ९० करोडको कारोबार

काठमाडौं, २२ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बिहिबार सेयर बजार मापक सूचक नेप्से ११.३४ विन्दुले घटेर १५८९.६४ विन्दुमा आइपुगेको छ ।

यसदिन १९३ कम्पनीको २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ९ वटा समूहको परिसूचक ओरालो लागेका छन् ।

आज फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ३१.७२ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ७४.३१ अंकले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here