फेसबुकसँगको साझेदारीमा ७५ सय ठाउँमा वर्ल्डलिंकको ‘निःशुल्क’एक्सप्रेस वाइफाई’

काठमाडौं, २२ असोज । नेपालका सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवा दिनको लागि वर्ल्डलिंक र फेसबुकबीच साझेदारी भएको छ ।

बिहीबार भर्चुअल कन्फ्रेन्स गर्दै वर्ल्डलिंकले ‘एक्सप्रेस वाइफाई’ सञ्चालन गर्न फेसबुकसँगको सहकार्य गर्न लागेको घोषणा गरेको हो।

वर्ल्डलिंकका वाइफाई प्रोजेक्ट म्यानेजर पुनित मानन्धरले फेसबुकसँगको सहकार्यमा यो प्रोजेक्ट सञ्चालन गर्न लागेको बताए ।

अहिले पनि वर्ल्डलिंकले देशभरका १० हजार ठाउँमा वाईफाई सेवा दिइरहेको तर अब सात हजार पाँच सय ठाउँमा फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु भएको वर्ल्डलिंकले जनाएको छ ।

फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । नेपालमा इन्टरनेटको माग उच्च भइरहेको बेला सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवा दिँदा लाखौँ नागरिक लाभान्वित हुने सिंहको भनाइ छ ।

‘इन्टरनेटका प्रयोगमा राम्रो अनुभव गराउन यो एक्सप्रेस वाइफाई सञ्चलान गर्न लागिएको छ’, उनले भने, ‘यो गुणस्तरीय हुनेछ।’

मुलुकमा खपत हुने कुल व्यान्डविथमध्ये ४३ प्रतशत वर्ल्डलिंकले प्रयोग गरिरहेको कम्पनीले बताएको छ।

वर्ल्डलिंक सन् १९९५ मा सुरु भएर दुई वर्षपछि इमेल सेवा सुरु गर्दै १९९९मा भिस्याट सेवा सुरु गरेको थियो। साथै, सन् २००० बाट काठमाडौंबाहिर इन्टरनेट सेवा सुरु गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here