‘दशैंमा मन्दिरमा पुजारीमात्रै बोलाएर नित्य पूजा गर्नू, सार्वजनिक ठाउँमा पिङ नहाल्नु’

काठमाडौं, २२ असोज । सरकारले दशैंमा मन्दिरमा पुजारीमात्रैले नित्य पूजा गर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ संक्रमणबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन उक्त आग्रह गरेका हुन्।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखेर सरकारले यसपालीको दशैंमा मन्दिरहरुमा पुजारीहरु मात्र उपस्थित भइ नित्य पूजा गर्ने व्यवस्था मिलाउन सबै मन्दिर व्यवस्थापन समिती, गुठी, धार्मिक गुरु,स्थानीय सरकार, धार्मिक गुरुलाई आग्रह गरेको हो ।

‘विभिन्न देश र ठाउँबाट घर जाने क्रम बढेको छ। यसले कुनाकाप्चामा कोरोना बढ्न सक्ने देखिन्छ,’ उनले भने, ‘गाउँमा यातायात, स्वास्थ्य सामग्री, स्वास्थ्य संस्था आदिको उपलब्धताले कोरोना जोखिम झन धेरै हुन्छ। गाउँमा जेष्ठ नागरिक र दीर्घरोगी समेत रहने हुँदा समस्या थप बढ्न सक्छ। त्यसैले जो जहाँ छौं त्यही बसेर दशैं मनाऔं।’

उनले दशैंमा सार्वजनिक स्थानमा पिङ समेत नहाल्न आग्रह गरे। त्यसैगरी सामान्य रुघाखोकी लागेर आत्तिएर अस्पताल पुग्दा जटिल अवस्था भएकाले उपचार नपाउने सम्भावना हुन सक्ने भएकाले ख्याल गर्न पनि अनुरोध गरे।

प्रवक्ता गौतमले सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग नगरे महामारी नियन्त्रण गर्न सम्भव नहुने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here