साँस्कृति संस्थानको सपिङ कम्प्लेक्स र पार्किङको व्यवस्थापन दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं, २२ असोज । सांस्कृतिक संस्थानले सी. एम. ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितीमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच विहिवार सम्झौता आदानप्रदान गरिएको हो ।

काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यवस्थापनका लागि सी. एम. ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो ।

अत्यन्त न्युन दरभाउमा सम्झौता भएको भन्दै सुरुदेखी नै उक्त सम्झौतामाथि प्रश्न उठ्दै आएको थियो । मन्त्री भट्टराईले नयाँ सम्झौत्ताले सांस्कृतिक संस्थान आत्मानिर्भरतर्फ अघि बढेको बताएका छन् ।

सी. एम. ट्रेडिङसँगको सम्झौताअनुसार आ.व. २०७७।०७८ सम्म आइपुग्दा प्रतिवर्गफिट मासिक २० रुपैयाँमात्र थियो । सोही स्थान नेपाल दुरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रुपैयाँ भाडा दर कायम गरी सम्झौता भएको छ ।

अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताए । ‘संस्थानको समृद्धिका लागि सी. एम. ट्रेड्रिसँगको सम्झौता भंग हुनु जरुरी थियो । संस्थानमा अरु पनि केही जटिल समस्या छन् । हरेक समस्या समाधानका लागि मेहनत गरीरहेका छौं,’ उनले भने ।

सी. एम. ट्रेडिङसँग भएको सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँ सम्झौता गरेको महाप्रबन्धक अशोकप्यासी राईले बताए । संगीन अवस्थामा गुज्रिरहेको संस्थानको समृद्धिका लागि निर्मम भएर त्यस्ता समस्याको समिक्षा गर्न जरुरी छ, उनले भने ।

गत पुसदेखि कार्यभार सम्हालेका महाप्रबन्धक राईले सांस्कृतिक संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सी. एम. ट्रेडिङसँग भएको असन्तुलित सम्झौतालाई पूनरावलोकन गरिने पनि उल्लेख गरेका थिए ।

‘यसअघि संस्थानले आफ्नै पार्किङ क्षेत्र समेत प्रयोग गर्न पाएको थिएन । अव त्यो समस्या समाधान भएको छ । लोकसंस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकासका लागि सांस्कृतिक संस्थानको समृद्धि आवश्यक छ,’ उनले भने ।

सी. एम. ट्रेड्रिङसँगको सम्झौताअनुसार आ.व. २०७७।७८ मा संस्थानले लगभग एक करोड तिस लाख रुपैयाँ प्राप्त गथ्र्यो भने दुरसञ्चार प्राधिकरणबाट दुई करोड पाँच लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ । १० वर्षे नयाँ सम्झौताअनुसार आ.व. २०८७।८८ मा संस्थानले प्राधिकरणबाट बार्षिक ३ करोड ८ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

पुरोना सम्झौताअनुसार संस्थानले १ करोड ७१ लाख रुपैयाँमात्र पाउने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here