भिभोको स्मार्टफोन खरिदमा स्कुटर, स्मार्ट टिभी लगायतका उपहार जित्ने मौका

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंको शुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले आफ्ना ग्राहकहरुको लागि भिभो स्मार्टफोन खरिदमा आश्चर्यजनक तथा भव्य उपहारको लागि विशेष लक्की ड्रको घोषणा गरेको छ ।

दशैंको यो विशेष योजना असोज २३ देखि मंसिर १५ सम्म नेपाल अधिराज्यभरका भिभोको आधिकारीक तथा खुद्रा विक्री केन्द्रमा लागू हुनेछ ।

चाडपर्वको अवसरमा भिभो नेपालले हरेक भिभो स्मार्टफोन खरिद गर्नेका लागि उपहारहरु जित्ने योजना ल्याएको हो ।

उत्सवलाई अझै आनन्द र उत्साहजनकमय बनाउन १५ हजार भन्दा माथिका भिभो स्मार्टफोन खरिदमा बिना लागत मासिक किस्ता (ईएमआई) र शुन्य अग्रिम भुक्तानी जस्ता आकर्षक सुविधाहरु पनि रहेका छन् ।

दशैको यो विशेष लक्की ड्र मार्फत ग्राहकहरुले ४३ इन्चको स्मार्ट टिभी, इएर बड,पावरव्याङ्क, स्क्रिन प्रतिस्थापना, इएर फोन लगायत अन्य उपहारहरु जित्ने मौका पाउने छन् ।

उत्सवको अवधिमा अन्य दुई भाग्यशाली ग्राहकहरुले बम्पर उपहार मार्फत १२५ सिसिको टिभिएसको एनटर्क स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।

सम्बन्धितः

सेल्फीमै ३२ मेगापिक्सेल ड्यूल पप-अप क्यामरा, कतिमा आउला ‘भिभो भी सेभेन्टीन प्रो’ ?

१२ जीबी र्याम २५६ जीबी स्टोरेजसहित भिभोको नयाँ कन्सेप्ट फोन, बटन र प्लग हटाइयो

३२ मेगापिक्सेलको पपअप सेल्फी क्यामेरासहित आउँदैछ भिभो भी१५ प्रो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here